अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५२ | Colorodo: 17:07

कांग्रेसद्वारा आज पनि गण्डकी प्रदेशसभा बैठकमा अवरोध

बिआरटीनेपाल २०७६ फागुन ३० गते ७:२७ मा प्रकाशित

सरकारले आफुसँग गरेका बाचा पूरा नगरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा शुक्रबार तेश्रो दिन पनि अवरोध गरेको छ । शुक्रबार बसेको बैठकमा कांग्रेसले अवरोध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक स्थगित भएको घोषणा गर्नुभएको हो ।

अर्को बैठक आगामी आइतबार बिहान ११ बजे बस्नेछ । प्रदेशसभा सचिवालयसम्बन्धी विधेयक र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा काँग्रेसको असहमति रहँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय