अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो च्याप्टरले कोलोराडोबासी नेपालीहरूको निमित्त यही अप्रिल १९, २०२० मा नेपाली चलचित्र ‘आमा’को प्रदर्शनीको तय गरेको थियो । हिजो एक विज्ञप्तीद्वारा चलचित्रको प्रदर्शनी स्थगित गरेको जानकारी दिएको छ ।
हाल विश्वव्यापी रूपमा बढ्दै गएको कोरोना भाइरसको प्रकोपले कोलोराडो राज्यमा पनि आफ्नो असर देखाउन सुरु गरिसकेको हुनाले उक्त चलचित्रको प्रदर्शनी स्थगित गरिएको हो ।
कोलोराडो राज्यमा यो समाचार लेखुन्जेलसम्म १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र कोलोराडो राज्य सरकारले आपतकालिन अवस्था घोषणा गरिसकेको छ । यस्तो अवस्थामा चलचित्रको प्रदर्शनी जस्तो धेरै व्यक्तिको जमघट हुने कार्यक्रम आयोजना गर्नु आम जनसमुदायको स्वास्थ्यप्रति अनुकूल नहुने ठहर गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो च्याप्टरले हाललाई चलचित्र ‘आमा’ को प्रदर्शनी स्थगित गरेको जानकारी गराएको छ ।