अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१३ | Colorodo: 09:28

पूर्व डीआईजी खरेलको संयोजकत्वमा ‘हाम्रो नेपाल सुशासन अभियान’ घोषणा

बिआरटीनेपाल २०७६ फागुन २९ गते ८:३८ मा प्रकाशित

नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले ‘हाम्रो नेपाल सुशासन अभियान’को घोषणा गर्नुभएको छ । अभियान सञ्चालनका लागि खरेलको संयोजकत्वमा केन्द्रीय तदर्थ कार्यकारी परिषद् पनि गठन गरिएको छ । कार्यकारी परिषद्मा पूर्व कायममुकायम रक्षा सचिव देवेन्द्रप्रसाद सिटौला, डा. नारायण घिमिरे, राजकुमार यादव र रोशन श्रेष्ठ रहनुभएको छ ।

अभियान सञ्चालनका लागि विभिन्न कार्यक्रमको पनि घोषणा भएको छ । यसका लागि भ्रष्टाचार अन्त्यका लागि देशव्यापी रुपमा नागरिक खबरदारी कार्यक्रम गर्ने, सुशासनको लागि दबाबमूलक नागरिक कार्यक्रम गर्ने , निर्वाचन प्रणालीमा व्यापक सुधार गरी सदाचार र इमानदारिताको कदर गर्न दबाबमूलक कार्यक्रम गर्ने बताईएको छ ।

नेपाल र नेपालीको हितमा नदेखिएका संवैधानिक प्रावधान र व्यवस्थापनमा सुधार तथा संशोधनका लागि केन्द्रित भई छलफल गरी साझा धारणा बनाउने अभियानको लक्ष्य रहेको छ । अभियानले प्रभाव र प्रलोभनमा गर्ने गराइने धर्म परिवर्तनमा रोक, राजनीतिक अपराधीकरणको अन्त्यका लागि ठोस पहल गर्ने संयोजक खरेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय