राप्रपा नेता सुनील थापाले राप्रपा एकीकरण घोषणा सभा बहिस्कार गर्नुभएको छ । पूर्वमन्त्री थापा राप्रपा संस्थापक एवं पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनीलले पार्टीको राजतन्त्र फर्काउने बिषयमा असहमति जनाउदै सभा बहिस्कार गर्नुभएको हो ।
घोषणासभामा आउन राप्रपा (संयुक्त)का अध्यक्षद्वय पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनी तथा राप्रपा अध्यक्ष कमल थापाले पटक–पटक टेलिफोन गरे पनि थापा सभामा जानुभएन । थापासँगै पहिला सूर्यबहादुर थापाको पक्षमा रहेका नेताहरु नवराज सुवेदी, पदमबहादुर बस्नेत, विष्णुविक्रम थापा, राम थापा, सुनिल पुत्र सिद्धार्थलगायत नेताहरु घोषणासभामा सहभागी हुनुभएन ।
थापाले नेताहरुसँग संविधानविपरितका कुनै पनि पार्टी र फोरमहरुमा आफू सहभागी नहुने स्पष्ट रुपमा बताएको स्रोतले जनाएको छ । जनतामा आइसकेको सार्वभौमसत्ता खोसेर राजालाई सुम्पने कार्यमा आफू सहभागी हुने नसक्ने पनि उहाँले स्पष्ट पार्नुभएको बताईएको छ ।
