अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५८ | Colorodo: 18:13

तनहुँको बन्दीपुर गाउँपालिका ५ मा ट्रयाक्टर दुर्घटना २ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ फागुन २८ गते ६:५५ मा प्रकाशित

तनहुँको बन्दीपुर गाउँपालिका–५ कोरियामा आज बिहान ट्रयाक्टर दुर्घटना हुँदा चालक सहित २ जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा गोरखा पालुङटार–७ च्याङलीका २१ वर्षीय चालक प्रेम कुमाल र सहचालक बन्दीपुर–४ नयाँपुलका अन्दाजी २२ वर्षीय राजकुमार परियार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहँुले जानकारी दिनुभयो ।

बन्दिपूरको भित्री ग्रामिण सडक खण्डको बाउन भञ्ज्याङबाट यम्फाँट जाँदै गरेको ग १ त ४८०८ नम्बरको ट्रयाक्टर आफैं अनियन्त्रित भई सडकबाट १५० मिटर खस्दा दुर्घटना भएको ट्राफिक प्रमुख पूर्णबहादुर अधिकारीले बताउनुभयो । ट्रयाक्टर पूर्ण रुपमा क्षती भएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय