अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२३ | Colorodo: 04:38

प्रधानमन्त्री ओलीका मिगौलादाता समीक्षा संग्रौला अस्पतालबाट डिस्चार्ज

बिआरटीनेपाल २०७६ फागुन २८ गते ६:५२ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीकी मिगौलादाता समीक्षा संग्रौला आज अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । अस्पतालबाट डिस्चार्ज हुनुअघि आजैै दिउसो ३ बजे उहाँले लिभर आईसीयू मा गएर प्रधानमन्त्री ओलीलाई भेट्नुभएको थियो ।

समीक्षाको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएपछि अस्पतालले डिस्चार्ज गरेको हो । भेटमा समीक्षाले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जिज्ञासा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।

जवाफमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताउनुभएको थियो । फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय