अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१६ | Colorodo: 17:31

बाँकेको खजुरामा जुत्ता कारखानामा आगलागी, १ जनाको ज्यान गयो

बिआरटीनेपाल २०७६ फागुन २८ गते ६:४० मा प्रकाशित

बाँकेको खजुरारोडमा रहेको जय सियाराम मेनुफैक्चरिङ्ग इन्डष्ट्रिज प्राइभेट लिमिटेडमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् । आगलागीमा परेर ज्यान गुमाउनेको सनाखत हुन सकेको छैन भने घाइते भएका उद्योगका कामदार कार्यरत दिलिप चमारको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कम्पनीले जुत्ता चप्पल उत्पादन गर्दै आएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिकाका, नेपालगञ्ज विमानस्थल र बर्दियाको गुलरिया र मधुवन नगरपालिकाका ६ वटा दमकलको सहायताले सुरक्षा निकायले उद्योगमा लागेको आगो बुधबार बिहान पूर्णरुपमा नियन्त्रणमा लिएको छ ।

आगलागीबाट भएको क्षतिको यकिन विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय