अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५३ | Colorodo: 12:08

चीनका लागि प्रस्तावित राजदूत पाण्डेविरूद्ध उजुरी आह्वान

बिआरटीनेपाल २०७६ फागुन २८ गते ६:३३ मा प्रकाशित

संसदीय सुनुवाई विशेष समितिले चीनका लागि प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डे विरुद्ध उजुरी आह्वान गरेको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले पाण्डेविरुद्ध उजुरी दिन सरकारी सञ्चार माध्यममा १० दिने सूचना निकाल्न निर्देशन दिएको हो ।

समिति सभापति लक्ष्मणलाल कर्णले मन्त्रिपरिषदबाट चीनको आवासीय र उत्तर कोरिया तथा मंगोलियाको गैरआवासीय राजदूतका लागि प्रस्ताव गरिएका पाण्डेविरुद्ध उजुरी आह्वान गरिएको बताउनुभयो । समिति सदस्यहरुलाई पाण्डेको व्यक्तिगत विवरण वितरण गरिएको र गुनासो तथा सूचना संकलनका लागि उजुरी आह्वान गरिएको उहाँले बताउनुभयो ।

गत फागुन १८ गते बसेको मन्त्रिपरिषद बैठकले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेपछि पाण्डेको नाम सिफारिस भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय