अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५५ | Colorodo: 22:10

तराईमा होली मनाईयो

बिआरटीनेपाल २०७६ फागुन २७ गते ८:११ मा प्रकाशित

नेपालको तराई क्षेत्रमा मंगलवार होली मनाईएको छ । पहाडी क्षेत्रमा फागुपूर्णिमाको दिन मनाईने होली तराईमा भने त्यसको भोलीपल्ट मनाउने प्रचलन छ । कोरोना भाइरसको संक्रमणबाट बच्न स्थानीय प्रशासनले होली नखेल्न आग्रह गरेपछि होलीको रौनक भने विगतका बर्षहरुको तुलनामा यसपटक घटेको छ । स्थानीय प्रशासनको आग्रहले चोक चोकमा हुँदै आएको होली मिलन कार्यक्रम यसपटक स्थगित गरिएकाले सडकहरु सुनसान प्रायः रहे ।

पहिले जबरजस्ती रंग, अबिर दल्ने, लोला हान्ने गरिएपनि यसपटक सौहाद्रपूर्ण तरिकाले चिनेका व्यक्तिलाई मात्रै अबिर दलेर सामान्य रुपमा मनाईएको छ । परिवारका सदस्यहरु एक ठाउँ भेला भएर प्रायः आ–आफ्ना घर आँगनमै तराईवासीले होली पर्व मनाएका छन् । मधेसी समुदायले घर घरमा कूल देवताको पूजा गरेपछि रंग,अबिर लगाएर होली पर्व मनाउने चलन छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय