अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५९ | Colorodo: 09:14

सभामुख सापकोटा र भारतीय राजदूत क्वात्रा बीच भेटवार्ता

बिआरटीनेपाल २०७६ फागुन २७ गते ८:१० मा प्रकाशित

भारतीय राजदूत विनयमोहन क्वात्रा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । नेपालका लागि नवनियुक्त राजदूत क्वात्राले आज सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर सभामुख सापकोटासँग शिष्टाचार भेट गर्नुभएको हो ।

भेटमा दुई देशको सम्बन्धका विषयमा कुराकानी भएको बताइएको छ । नेपाल र भारतको सम्बन्ध औपचारिक नभएर प्रकृतिक सम्बन्ध भएकोले नेपाल भारत बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउने विषयमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

भेटमा सभामुख सापकोटाले भूकम्पपछि भारतले गरेको सहयोग र कोरोना भाइरसविरुद्ध लड्नका लागि भारतले गरिरहेको सहयोगको प्रशंसा गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय