अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१७
| Colorodo: 07:32
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले राप्रपा संयुक्तसँगको एकीकरण दिगो हुने बताउनुभएको छ । पार्टी एकताको पूर्वसन्ध्यामा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकमा अध्यक्ष थापाले एकतापछि पार्टी फुट्छ कि भन्ने नकारात्मक सोच र आशंका नलिन नेताहरुलाई आग्रह गर्नुभयो ।
भोली राप्रपा र राप्रपासंयुक्तबीच पार्टी एकता हुँदैछ । पार्टी फुट्छ कि भन्ने नकारात्मक सोच र आशंका लिएर नजाऔं, सतर्क रहनुपर्छ, सचेत रहनुपर्छ तर सुरुमै आशंका लिएर नकारात्मक सोच लिएर अगाडि बढ्न खोज्यौं भने शिथिल भइन्छ र गति लिन सकिँदैन, थापाले भन्नुभयो । थापाले कम्युनिस्ट र काँग्रेसको वैकल्पिक शक्ति जनताले खोजिरहेको उल्लेख गर्दै राप्रपाले आफूलाई वैकल्पिक शक्तिको रुपमा उभ्याउनुपर्ने बताउनुभयो ।
