अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३३ | Colorodo: 08:48

कोरोना भाइरसबाट आत्तिहाल्नुपर्ने अवस्था छैन : नेपाल सरकार

बिआरटीनेपाल २०७६ फागुन २७ गते ७:५८ मा प्रकाशित

नेपाल सरकारले कोरोना भाइरसबाट तत्काल आत्तिहाल्नुपर्ने अवस्था नरहेको जनाएको छ । अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले कोरोना भाइरसबाट आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउनुभएको हो । उहाँले कोरोनाबारे सबैलाई सचेत रहन र अफवाह नफैलाउन आग्रह गर्नुभयो ।

औषधि एवं अत्यावश्यक वस्तुको सहज आपूर्तिबारे सरोकारवालासँग सरकारले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा गरेको छलफलपछि मन्त्री खतिवडाले कोरोनासँग सबै सचेत हुनुपर्ने बताउदै कोरोनाबारे सरकार र स्वास्थ्य मन्त्रालयले सूचना प्रवाह गर्ने भएकाले व्यक्ति पिच्छे डाक्टर नबन्न सबैलाई आग्रह गर्नुभयो ।

यस्तै, सरकार संग ६ महिनालाई पुग्ने खाद्यान्न, ३ महिनालाई पुग्ने इन्धन र ४ महिनालाई पुग्ने औषधि रहेको जानकारी पनि उहाँले दिनुभयो । मन्त्री खतिवडाले भारतसँग अहिले हुने व्यापारमा कुनै बाधा अवरोध नभएको बताउनुभएको छ । चीनमा संक्रमण कम हुँदै गएकाले अब सरकारले उत्तरी नाकाहरुमा रहेका सामान ल्याउनेतर्फ सोच्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय