अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५९ | Colorodo: 15:14

अमेरिकी राष्ट्रपति चुनावः ह्यारिसको समर्थन बाईडेनलाई

बिआरटीनेपाल २०७६ फागुन २६ गते ९:२० मा प्रकाशित

अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा उम्मेदवार बन्ने होडबाट बाहिरिएकी सिनेटर कमला ह्यारिसले जो बाइडेनलाई समर्थन गर्नुभएको छ । उहाँले ट्वीटरमार्फत एक भिडियो सन्देश जारी गर्दै डेमोक्र्याटिक पार्टीको आधिरकारिक उम्मेदवारीको दौडमा बाइडेनलाई समर्थन गर्ने घोषणा गर्नुभयो ।

बाइडेनले अमेरिकालाई लामो समयदेखि गौरवका साथ सेवा गर्दै आएको र आगामी दिनमा उहाँको सेवा अझ बढी चाहिएको सिनेटर ह्यारिसको सन्देशमा उल्लेख छ । ह्यारिसको समर्थनसँगै बाइडेनको चुनावी अभियानमा थप सकारात्मक प्रभाव पारेको छ ।

सिनेटर ह्यारिसलाई डेमोक्र्याटिक पार्टीभित्र उदयमान नेताको रुपमा लिइन्छ । ७७ वर्षे पूर्व उपराष्ट्रपति जो बाइडेनले गएको मंगलबार १४ राज्यमा भएका प्राइमरीमा १० राज्यमा जित दर्ता गर्नुभएको थियो । डेमोक्र्याटिक पार्टीमा राष्ट्रपतिको उम्मेदवार बन्न बाइडेन र सिनेटर बर्नी सान्डर्सबीच कडा प्रतिस्पर्धा जारी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू