अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१५ | Colorodo: 13:30

नेपाल सरकारद्धारा फ्रान्स, जर्मनी र स्पेनका नागरिकलाई ’अनअराइभल’ भिसामा रोक

बिआरटीनेपाल २०७६ फागुन २६ गते ९:२१ मा प्रकाशित

सरकारले थप तीन मुलुकका नागरिकलाई ’अनअराइभल’ भिसामा रोक लगाएको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले फ्रान्स, जर्मनी र स्पेनलाई पनि अनअराइभल भिसामा रोक लगाएको हो । गत साता सरकारले चीन, हङकङ, इरान, इटाली, कोरिया र जापानका नागरिकलाई नेपाल भ्रमण गर्दा दिइँदै आएकोअन अराइभल भिसामा रोक लगाएको थियो।

कोरोना भाइरसको महामारी थप फैलिएपछि फ्रान्स, जर्मनी र स्पेनका नागरिकलाई पनि नेपालका विदेशस्थित सम्बन्धित कूटनीतिक नियोगबाट कोरोना भाइरसमुक्त स्वास्थ्य परीक्षण रिपोर्ट पेश गरेर मात्रै नेपाल आउने व्यवस्था गरेको हो। यससँगै पछिल्लो समय अनअराइभल भिसा रोक लगाइएका मुलुकको संख्या ८ पुगेको छ। रोक लगाएका मुलुकका नागरिकले मंगलबारदेखि अन अराइभल भिसा पाउने छैनन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय