अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीन दशक यताकै कम विन्दुमा पुगेको छ । अन्तर्राष्ट्रिय बजार कोरोना भाइसको संक्रमणले शिथिल बनिरहेका बेला तेल उत्पादक देश साउदी अरबले भारी मात्रामा उत्पादन गरेपछि तेलको मूल्यमा गिरावट भएको हो।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उसले बजारको ध्यान आफूतिर तान्न कच्चा तेलको मूल्य घटाएको हो । लेतको मूल्यमा ३० प्रतिशतले गिरावट आएर २७ अमेरिकी डलरमा कायम भएको छ। साउदीले तेलमा छुट दिने नीति पनि यही बेला लिएको छ। सन् १९९१ मा भएको गल्फ युद्धपछि कच्चा तेलको मूल्य अहिले जति नै कायम भएको थियो। पेट्रोलियम पदार्थ धेरै प्रयोग गर्ने चीन प्रभावित भएको छ भने युरोपेली देशहरुमा समेत कोरोनाले संन्त्रास फैलाएको छ।
तेलको मूल्यमा भारी मात्राका गिरावट आएपछि सात तेल उत्पादक देशहरुको संगठन ओपेकको बैठक बस्ने तयारी भएको छ। कच्चा तेलको मूल्य घटेसँगै अन्तर्राष्ट्रिय बजारमा शेयरको मूल्यमा पनि गिरावट आएको छ। बिबिसीका अनुसार शेयर बजार ८ प्रतिशतले घटेर तीन वर्ष यताकै कम विन्दुमा पुगेको छ।