अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३६
| Colorodo: 01:51
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रासबीच प्रशासनको आग्रहअनुसार यसपालिको पहाडी जिल्लाको होली शान्त रुपमा मनाइएको छ । पहिले पहिले जबरजस्ती र पानीका लोला हान्ने गरिए पनि यस पटक निकै सौहार्दपूर्ण रुपमा नजिकका चिनेका मान्छेबीच मात्रै सामान्य रङ दलेर होली पर्व मनाइएको हो ।
काठमाडौंको वसन्तपुरमा र पोखराका विभिन्न स्थानमा विदेशी पर्यटकले मास्क लगाएर होली खलेका छन् । स्थानीय सर्वसाधारणले पनि मास्क लगाएर ‘ह्याप्पी होली’ भन्दै एक अर्कालाई रङ लगाइदिएर शुभकामना आदानप्रदान गरेका छन् । वसन्तपुरमा गत वर्षभन्दा यसपालि निकै कम मानिसको उपस्थिति रहेको पाइएको छ ।
