अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३२ | Colorodo: 10:47

१४ औं महाधिवेशनमा कोइराला परिवारबाट सभापतिको उम्मेदवार – शेखर कोइराला

बिआरटीनेपाल २०७६ फागुन २५ गते ७:२६ मा प्रकाशित

कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा कोइराला परिवारका महामन्त्री शशांक, केन्द्रीय सदस्य सुजाता र आफूमध्ये एक जना सभापतिको उम्मेदवार बन्ने बताउनुभएको छ । प्रेस युनियन सिरहाले आइतबार लहानमा गरेको पत्रकार भेटघाटमा उहाँले कोइराला पारिवारका केन्द्रीय समितिमा रहेका तीन जनामध्ये एकजना सभापतिको उम्मेदवार बन्ने बताउनुभएको हो ।

‘कांग्रेसको पर्याय कोइराला परिवार नभए पनि कांग्रेसको संगठन सुदृढिकरण र विस्तारमा कोइराला परिवारको महत्वपूर्ण योगदान छ,’ उहाँले भन्नुभयोे, ‘सम्भवतः आउँदो महाधिवेशनमा म, सुजाता र शंशाकमध्ये एक जना सभापतिको उम्मेदवारको रुपमा प्रस्तुत हुनेछौं।’

कांग्रेस नेता कार्यकर्ताले पार्टी कमजोर भएकाले कोइराला परिवारभित्र नेतृत्वको खोजी गरिरहेको उनले दाबी गर्नुभयो । अहिलेको अवस्थामा कांग्रेस गलत प्रवृतिबाट हिँडिरहेको र त्यसलाई रोक्न कोइराला परिवारबाट सभापतिमा उम्मेदवारी आवश्यक रहेको उहाँको भनाइ छ।

कार्यतालिका सार्वजनिक भइसकेपछि आमन्त्रित केन्द्रीय सदस्य थप्नु र विभाग गठन गर्नु भनेको महाधिवेशनको तयारीलाई अल्मल्याउने प्रयास भएको कोइरालाले बताउनुभयो । अहिलेको नेतृत्वबाट कांग्रेस पुरानो अवस्थामा फर्कन सक्ने स्थिति नरहेको कोईरालाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय