अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१६ | Colorodo: 09:31

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस– नेपालमा पनि ‘महिलाको हडताल’

बिआरटीनेपाल २०७६ फागुन २५ गते ७:२३ मा प्रकाशित

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आइतबार काठमाडौँमा महिलाहरु विशेष प्रदर्शन गरेका छन् । ‘महिलाको विश्वव्यापी हडताल’ अन्तर्गत काठमाडौँको माइतिघरमा महिलाहरुले प्रदर्शन गरेका हुन् ।

महिला रोकिए संसार रोकिन्छ भन्ने मुल नारा अन्तर्गत माइतिघरमा प्रदर्शन भएको हो । प्रदर्शनको संयोजन महिला मानअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले गरेको हो । सहभागीहरुले महिलामाथि हुने गरेका विभेद र हिंसा विरुद्धका प्लेकार्ड बोकेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय