अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०१ | Colorodo: 17:16

महिलाले आफ्नो जिम्मेवारी पूरा गर्न सक्छन् भन्ने प्रमाणित भएको छ – मन्त्री अर्याल

बिआरटीनेपाल २०७६ फागुन २५ गते ७:१२ मा प्रकाशित

नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले आर्थिक रुपले महिलालाई सवल बनाउनुपर्ने अहिलेको आवश्कता रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले नारीलाई आर्थिक रुपमा सवल बनाउन सरकारले उनीहरुलाई उत्साह प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

राज्यको महत्वपूर्ण पद सम्भाल्दै महिलाले कुशलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्न सक्छन् भन्ने प्रमाणित भइसकेको मन्त्री अर्यालको भनाई छ । मन्त्री आर्यालले संविधानले समानताको ढोका खोलिसकेको भन्दै अब व्यवहारिक रुपमै सामाजिक, आर्थिक र सांस्कृतीक दृष्टिले महिलाको अधिकार स्थापित गर्न सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय