अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२३
| Colorodo: 12:38
आज अन्तर्राष्ट्रिय नारी दिवस । १ सय १० औ नारी दिवस विभिन्न संघ–संस्थाले कार्यक्रम आयोजना गरी मनाएका छन् । यसै अवसरमा आज विशाल ग्रुप फाउण्डेशनले काठमाडौंमा नारी भएकै कारण भोग्नु परेको विभेद र चुनौती बारे अन्तरक्रिया आयोजना गर्यो ।
कार्यक्रममा विभिन्न पेशा आवद्ध महिलाहरुको सहभागिता रहेको थियो । सहभागि महिलाहरुले आफु नारी भएकै कारण समाजबाट गरिएको विभेदबारे आ–आफ्नो अनुभव बाँडेका थिए । कार्यक्रमबारे सहभागी सजल प्रधानले लैङ्गिक समानता जरुरी भएको र त्यसैमा केन्द्रित भएर कार्यक्रम गरिएको बताउनुभयो ।
कार्यक्रमका अन्य वक्ताहरुले नारी र पुरुषबीच गरिने विभेदको अन्त्य नगरेसम्म सभ्य र समुन्नत समाजको परिकल्पना गर्न नसकिने बताएका थिए ।
