अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४६ | Colorodo: 04:01

अन्तराष्ट्रिय श्रमिक महिला दिवस – महिलावादीद्धारा विश्वव्यापी हड्ताल आह्वान

बिआरटीनेपाल २०७६ फागुन २४ गते ६:५४ मा प्रकाशित

संसारभरका महिलावादी एंवम् सहयोगी संघसंस्थाहरुले आइतबार विश्वभरी नै हड्तालको आह्वान गरेको छन् । ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर आइतबार नेपाल लगायत विश्वभरीका महिलावादीहरुले ‘महिला रोकिए संसार रोकिन्छ’ भन्ने मूल नाराका साथ विश्वव्यापी महिला हड्ताल गर्न लागेका हुन् ।

महिलाले एकछिन मात्रै आफूले गरिरहेको काम रोकेको खण्डमा संसार ठप्प हुने भएकाले हड्ताल आव्हान गरिएको आयोजक सस्थाहरुले बताएका छन् । महिलाको कामको महत्व दर्शाउन र उनीहरुको कामको सम्मान होस् भन्ने उद्धेश्यले नेपाल लगायत विश्वभरी नै महिलाहरु हड्तालमा उत्रिन लागेका हुन् । नेपालमा हड्तालको संयोजन गरिरहेको महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले कोरोना भाइरसको त्रास, यसबाट हुन सक्ने क्षतिलाई मध्यनजर गर्दै र सरकारद्धारा कुनै प्रकारको भीड तथा जमघट नगर्न गरिएको आह्वानको कदर गर्दैे ७७ वटै जिल्लाहरुमा फरक ढाँचाले हड्ताल गर्ने तयारी रहेको जनाएको छ ।

हडतालकै दिन काठमाडौंको कोटेश्वरदेखी माइतिघरसम्म प्रर्दशनको तयारी गरेका छन् । दिउसो १२ देखि १ बजेसम्म माइतीघरदेखि कोटेश्वरसम्म सडकको दुबैतर्फ १६ वटा स्टेशन बनाई प्रत्येक स्टेशनमा १० जनाको समूह उभिई महिला हड्तालको कार्यक्रम तय गरिएको सञ्जालका अध्यक्ष डा. रेणु अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रत्येक सहभागीले महिला रोकिए संसार रोकिन्छ लेखिएको टिसर्ट र फेटा लगाई प्ले कार्ड बोकी प्रर्दशन गर्नेछन् । जनस्वास्थ्यका सबाललाई ध्यानमा राख्दै सबै जनाले अनिवार्य रुपमा मास्क लगाई हड्तालमा उत्रिनेछन् । हड्ताललाई संसार भरी धेरै वटा ठाँउमा धेरै वटा संस्थाहरुले संयोजन गरेका छन् । एशिया प्रशान्तमा कानून र विकासका लागि एसिया प्रशान्त फोरमले संयोजना गरिरहेको छ ।

यसैबीच, महिला अधिकारको क्षेत्रमा लामो समयदेखि काम गरिरहेको महिला पुनस्र्थापना केन्द्र ओरेकले महिलाहरुले घरभित्र, मनोरञ्जन, खेलकुद लगायतका अन्य क्षेत्रमा गर्दै आईरहेका सेवामुलक कार्यहरुले पहिचान, मूल्याकंन, र पारिश्रमिक नभएको जनाउदै जबसम्म महिलाको कामलाई काम मानिँदैन र श्रमिकको रुपमा उनीहरुको अधिकार सुनिश्चित गरिँदैन, तबसम्म देशको ५१ प्रतिशत उत्पादनशील जनसंख्या देशको विकासमा समान साझेदार हुन नसकिने जनाएको छ ।

संस्थाले श्रमिक महिला दिवसको अवसर पारेर एक विज्ञप्ति जारी गर्दै देश विकास र महिलाको समान साझेदारीका लागि महिलाको श्रमको अवमूल्यन गर्ने तथा श्रमको उचित मूल्यांकनमा अवरोधका रुपमा रहेका संरचनाहरुलाई परिवर्तन गरी महिलाको घरेलु कामलाई कामको रुपमा मान्यता दिन र सुरक्षित वातावरणमा काम गर्न पाउनेअधिकार सुरक्षित हुनसक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको भन्दै ७ बुँदे मागहरु अघि सारेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय