अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३० | Colorodo: 04:45

सरकार असफल भए वैदेशिक हस्तक्षेप बढ्ने नेकपा प्रवक्ता श्रेष्ठको भनाइ

बिआरटीनेपाल २०७६ फागुन २४ गते ६:४७ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारलाई असफल वैदेशिक हस्तक्षेप बढ्ने बताउनुभएको छ । आज काठमाडांैमा आयोजित एक कार्यक्रममा उहाँले समाजवाद निर्माणको आधार तयार गर्न सरकारलाई हरहालतमा सफल बनाउनुपर्ने बताउनुभयो । प्रवक्ता श्रेष्ठले पार्टीलाई विग्रहमा लैजाने वा एकतालाई खलबलाउने कुनै पनि कुरा छुट दिन नहुने भन्दै सरकारले सुशासन र विकासमार्फत समाजवादको आधार तयार गर्नुपर्नेमा जोड दिनुभयो ।

सामाजिक न्यायसहितको समृद्धिको लक्ष्य पूरा गर्न पार्टी एकता भएको उल्लेख गर्दै उहाँले रणनीतिक समाजवादको आधार तयार गर्नु नै अहिले पार्टीको मुख्य कार्यभार रहेको बताउनुभयो । उहाँले जनताको बहुदलीय जनवाद र २१ औँ शताब्दीको जनवादको विचारलाई हाल थाति राखी समाजवादोन्मुख जनताको जनवादलाई कार्यक्रमका रूपमा अघि सारिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय