अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५३ | Colorodo: 01:08

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार, हिँडडुल गराउन थालियो

बिआरटीनेपाल २०७६ फागुन २३ गते ८:०७ मा प्रकाशित

मिर्गौला प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । उहाँलाई शुक्रवारबाट हिँडडुल गराउन थालिएको छ । त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेको तेस्रो दिन उहाँलाई हिँडडुल गराउन थालिएको चिकित्सकले बताएका छन् ।

आज अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीलाई हिँडडुल गराउन र ठोस आहार दिन थालिएको बताउनुभयो । प्रधानमन्त्रीको भाइटल र ल्याब रिपोर्ट सामान्य रहेको पनि अस्पतालले जनाएको छ ।

प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको पनि अवस्था सुधार भएको र ठोस आहार दिन थालिएको डा. खड्गाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय