अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३४
| Colorodo: 05:49
नेपाल सरकारका पर्यटनमन्त्री योगेश भट्टराईले देश विकाशका लागि सम्पूर्ण राजनीतिक शक्ति एक हुनुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ महिला समितिले बिहिबार राजधानीमा आयोजित महिला पत्रकार सांस्कृतिक महोत्सव कार्यक्रमा मन्त्री भट्टराईले देशको विकासका लागि राजनीतिक शक्ति एक हुनु पर्ने बताउनुभएको हो ।
सामान्य गल्तीलाई आधार बनाएर राजनीतिक दललाई गम्भीर प्रहार गरेर मुलुकलाई दक्षिणपन्थी तर्फ धकेल्न खोजिएको र लामो समयदेखि रहेका पार्टीलाई अविश्वास गर्ने भीड बाट तत्काल जन्मिएकोलाई हिरो बनाउने प्रयत्न भएको उहाको भनाई थियो । यस्तो प्रवृत्ति क्षणिक हुने संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री उहाँले बताउनुभयो । कार्यक्रममा २५ बर्षदेखि क्रियाशील भएर निरन्तर काग गरिरहेका महिलाहरुलाई सम्मान गरिएको छ ।
