अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३८
| Colorodo: 15:53
राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा कोरोना भाइरसको संक्रमण लागेको आशङ्कामा भर्ना भएका एक व्यक्ति भागेका छन्। बुधबार अस्पतालमा कोरोना भाइरसको संक्रमणको आशङ्कामा भर्ना गरिएका सुनसरी घर भएका एक व्यक्ति अस्पतालबाट भागेको प्रहरीले जनाएको छ ।उनी भागेर विराटनगर पुगेको बताईएको छ ।
उनलाई अस्पतालको आइसोलेसनमा राख्ने तयारी भएको थियो। तर‚ उनले सो कुरा अटेरी गरिरहेका थिए। त्यसको केही समयपछि अस्पतालबाटै भागेको प्रहरीको भनाइ छ। गत मंगलबार कोरियाबाट नेपाल फर्केका ती व्यक्ति बुधबार राती ८ बजे अस्पतालबाट फरार भएको प्रहरीले जनाएको छ ।
