अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४४
| Colorodo: 12:59
नेपाली सेनाभित्रको अनियमितताबारे छलफल गर्न बसेको प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ । बिहीबारको बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापालाई बोलाइएको थियो ।
उनीहरु उपस्थित नभएपछि सदस्यहरुले बैठक स्थगित गर्न माग गरेका थिए । समितिकी सभापति शशी श्रेष्ठले अर्को बैठकमा उनीहरुलाई अनिवार्य उपस्थित हुन सन्देश दिन रक्षासचिव रेश्मीराज पाण्डेलाई निर्देशन दिनुभएको छ ।
नेपाली सेनाभित्र नीतिगत अनियमितता भएको दाबी गर्दै सांसद रेनुका गिरीले दिएको उजुरी र नेपाली सेनाका पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले गरेको आर्थिक अनियमितताबारे परेको उजुरी सम्बन्धमा समितिले रक्षामन्त्री पोखरेल र प्रधानसेनापति थापालाई छलफलका लागि बोलाएको थियो । बैठकमा सेनाका पदाधिकारीको भने उपस्थिति थियो ।
