अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२७ | Colorodo: 19:42

कालोबजारी र मूल्यबृद्धि रोक्न सरकार गम्भीर नभए तरुणहरुले हस्तक्षेप गर्ने

बिआरटीनेपाल २०७६ फागुन २२ गते ७:०४ मा प्रकाशित

नेपाली कांग्रेसका नेता तथा तरुण विभाग प्रमुख शंकर भण्डारीले कोरोना भाइरसका कारण नेपालमा हुनसक्ने कालोबजारी र मूल्यबृद्धि रोक्न सरकार गम्भीर बन्न आग्रह गर्नुभएको छ । कोरोना भाइरसबाट निम्तने संभावित संकट सामना गर्न सरकारले पूर्व तयारी नगरेको भन्दै उहाँले भाइरस नेपाल प्रवेश गर्नै नदिन र यस विरुद्ध लड्न आवश्यक पूर्वाधार तयारी गर्न सरकारसँग माग गर्नुभयो ।

विषम परिस्थितिलाई लिएर कालो बजारी मौलाउने, अनियन्त्रीत मूल्य बृद्धि हुने भएकाले सरकारले बेलैमा सोच्नुपर्ने नत्र तरुणहरुले हस्तक्षेप गर्ने भण्डारीको भनाई थियो । भ्रष्टाचार नियन्त्रण गर्न र मूल्यबृद्धि रोक्न सरकार असफल भएकाले तरुणहरु सडकमै जाने अवस्था आइसकेको उहाले बताउनुभयो ।

त्यस्तै तरुण दलका अध्यक्ष जितजंग बस्नेतले कोरोना भाइरस रोकथाम गर्न वा नेपालमा प्रवेश नै हुन नदिन सरकारले जन चेतना फैलाउनुपर्ने बताउनुभयो । तरुण विभागले एक अपिल नै सार्वजनिक गर्दै नेपाललाई आवश्यक पर्ने औषधी तथा स्वास्थ्य उपकरण, खाद्यान्न, इन्धन लगायत नेपाली बजारमा अभाव हुनसक्ने अत्यावश्यक सामाग्रीहरुको आपूर्तिका लागि पूर्व सजकता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय