अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३० | Colorodo: 14:45

भारतले सिटामोलसहित २६ प्रकारका औषधि र कच्चा पदार्थ निर्यातमा लगायो रोक

बिआरटीनेपाल २०७६ फागुन २१ गते ५:५४ मा प्रकाशित

कोरोना भाइरसको प्रभाव विस्तारै संसारभर देखिन थालेको छ । भारतले पारासिटामोलसहित २६ प्रकारका औषधि र कच्चा पदार्थ निर्यातमा रोक नै लगाएको छ ।कोरोना भाइरस संक्रमणले मुलुक संकटमा फस्न सक्ने भन्दै भारतले अत्यावश्यकीय औषधि निर्यातमा रोक लगाएको हो । कोरोनाको प्रभाव बढ्दा संकट नहोस् भनेर सरकारले यस्तो निर्णय लिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय वाणिज्य एवं उद्योग मन्त्रालयका विदेश व्यापार महानिर्देशालयलाई उधृत गर्दै भारतीय सञ्चार माध्यमहरुले सरकारले तोकेको २६ प्रकारका औषधि निर्यात गर्नुपूर्व अनुमति लिनु पर्ने जनाएका छन् । आन्तरिक मागको अवस्था हेरेर मात्र निर्यातबारे सरकारले निर्णय लिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू