अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४७ | Colorodo: 14:02

सरकारले भ्रष्टाचार बाहेक केही काम गरेको छैन– काँग्रेस सभापति देउवा

बिआरटीनेपाल २०७६ फागुन २१ गते ५:३१ मा प्रकाशित

नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको सरकारमा भ्रष्टाचार बाहेक केही काम नभएको बताउनुभएको छ । प्रेस युनियन कैलालीले बुधबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले ‘डल्लो बजेट’ मार्फत भ्रष्टाचार बढेको आरोप लगाउनुभयो ।

डल्लो बजेटको नाममा कार्यकर्तालाई जथाभावी पैसा बाँड्ने काम भएको बताउँदै उहाँले कांग्रेसले भ्रष्टाचार विरुद्ध आवाज उठाइरहेको उल्लेख गर्नुभयो । सुदूरपश्चिम प्रदेश सरकारले पनि भ्रष्टाचार बाहेक केही काम गर्न नसकेको देउवाको भनाई थियो ।

सभापति देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) जस्ताको त्यस्तै पारित हुनुपर्नेका जोड दिनुभयो । एमसीसी जस्तोको त्यस्तै पास गर्नुपर्ने बताउँदै देउवाले एमसीसीले नेपाललाई ठूलो आर्थिक लाभ हुने दावी गर्नुभयो । यस बिषयमा आफूहरुको सहमति रहेको बताउँदै देउवाले सरकारसंग पटक पटक सल्लाह गरौं भन्दा पनि सल्लाह नभएको बताउनुभयो ।

सो अवसरमा सभापति देउवाले विश्वभरी फैलिरहेको कोभिड– १९ कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलिने भन्दैे चिन्ता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय