अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३१
| Colorodo: 04:46
नेपालले विभिन्न ५ मुलुकका लागि अनअराइभल भिसा बन्द गर्ने निर्णय गरेको छ । आगामी ६ मार्चबाट लागु हुने गरी मार्च महिनाभर कोरोनाबाट अतिप्रभावित मुलुकबाट नेपाल आउन चाहने नागरिकले अब अनअराइभल भिसा नपाउने भएका हुन् ।
गृह मन्त्रालयका अनुसार दक्षिण कोरिया, जापान, इरान, चीन र इटालीका नागरिकलाई सरकारले अनअराइभल भिसा बन्द गर्ने भएको छ । अहिले पनि आतङ्कवादी गतिविधि भइरहेका करीव डेड दर्जन मुलुकका नागरिकलाई नेपालले अनअराइभल भिसा दिँदैन ।
पछिल्लो समय कोरोना भाइरसले विश्वव्यापी महामारीको रूप लिन थालेपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । सोही सिलसिलामा अतिप्रभावित मुलुकका नागरिकलाई अनअराइभल भिसा बन्द गर्न लागिएको अध्यागमन विभागका महानिर्देशक इश्वरराज पौडेलले जानकारी दिनुभयो ।
