अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५९ | Colorodo: 07:14

कोरोना भाइरसबाट जोगिन अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन सर्वोच्च अदालतको आदेश

बिआरटीनेपाल २०७६ फागुन १९ गते ६:५६ मा प्रकाशित

सर्वोच्च अदालतले कोरोना भाइरसबाट जोगिनका आवश्यक परेका अन्तराष्ट्रिय उडानमा पनि रोक लगाउन आदेश दिएको छ । सोमबार सर्वोच्चले सरकारको नाममा आदेश दिँदै कोराना भाइरस कोभिडः १९ बाट जोगिन आवश्यक परेको खण्डमा त्रिभूवन विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान रोक लगाउन आदेश दिएको हो ।

सर्वाेच्चका न्यायाधीश तेजबहादुर केसीको इजलासले सरकारको नाममा सो आदेश दिएको हो । विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई कोरोनाको उच्च जोखिममा राखेको अवस्थामा सर्वोच्चले चीन, जापान, बहराइन, इरान र दक्षिण कोरिया जस्ता कोरोना प्रभावित देशबाट हुने हवाई उडानमा रोक लगाउनेसम्मको कदम चाल्न सरकारलाई आदेश दिएको हो ।

विपद्बाट जोगिन भाइरसको सम्भावित संक्रमण र त्यसबाट फैलिन सक्ने विपद् जोखिमको न्यूनीकरणका सम्भावित जोखिम व्यवस्थापन सुरुमै हुन आवश्यक रहेको भन्दै सर्वोच्चले सरकारको नाममा परादेश जारी गरेको छ । कोरोना भाइरसको पूर्व तयारीका कामहरु गरी नसकेको भए तत्काल गरी र गर्न लगाइ संक्रमण फैलिए विपद् प्रतिकार्य र व्यवस्थापन कार्यहरु प्रभावकारी बनाउनु परमादेशमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय