अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३४ | Colorodo: 15:49

कोरोनाविरुद्ध ऐक्यवद्ध बन्न काँग्रेसको आव्हान, त्रिभूवन विमानस्थलको चेकजाँच प्रक्रिया कामचलाउ

बिआरटीनेपाल २०७६ फागुन १९ गते ६:५९ मा प्रकाशित

नेपाली काँग्रेसले कारोना भाइरस प्रवेश र विस्तार हुन नदिन सबै नेपाली ऐक्यवद्ध बन्नु पर्ने ठहर गर्दै कोरोना विस्तार हुन नदिन सरकार,राजनीतिक दल, सरोकारवाला निकाय र संघसंस्थालाई बिभिन्न १४ बुँदे सुझाव दिएको छ । सोमबार पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कोरोना भाइरस (कोभिड १९) विश्वव्यापीरूपमा महामारीकै रूपमा फैलिइरहेको बेला नेपालले सम्पूर्ण सतर्कता अपनाउनु पर्ने टड्कारो अनिवार्यता देखिएको पनि काँग्रेसले बताएको छ ।

विश्व स्वास्थ संगठन (डब्लूएचओ) ले उच्च जोखिममा रहेकोे राष्ट्र भनेर नेपाललाई समेत घोषित गरिसकेको स्थितिमा जोखिम सामना गर्न गम्भीर राष्ट्रिय पहलकदमी गर्न काँग्रेसले सरकारलाई सुझाव दिएको छ । कोरोना संक्रमित मुलुकहरुको सूची जारी गरेर ती देशहरूमा नेपालीको भ्रमणमा अस्थायी रुपले तत्काल रोक लगाउन र संक्रमण फैलिएका मुलुकहरुसँग नेपालीको उद्दार गर्नुपर्ने स्थितिमा बाहेक दोहोरो उडानमा तत्काल रोक लगाउन पनि सुझाव दिएको छ ।

संक्रमणको खतराले नागरिकमा खासगरी बालबालिकामा पर्न सक्ने मनोवैज्ञानिक असर न्यून गर्न विशेष ध्यान पु¥याउन र एन नाइन्टीफाइभ मास्कको पर्याप्त प्रबन्ध गर्न पनि सरकारलाई काँग्रेसको सुझाव छ । यसैगरी संक्रमण भित्रिएर फैलिएका खण्डमा त्यसको नकारात्मक परिणाममध्ये सम्भावित खाद्यान्न संकट हुनसक्नेतर्फ समयमै सरकारको ध्यानाकर्षण पनि गराएको छ ।

Nepali Congress press meet

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय