अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२५
| Colorodo: 05:40
कांग्रेस सभापति शेरबहादुर देउवाले एकलौटीरुपमा थप ७ विभाग गठन गर्नुभएको छ । देउवाले सोमबार पार्टी विधान २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम ७ केन्द्रीय सदस्यलाई विभाग संयोजकको जिम्मेवारी दिनुभएको हो । यसअघि देउवाले शनिबार १३ विभाग गठन गर्दै संयोजक तोक्नुभएको थियो । यो सँगै कांग्रेसमा २० विभाग गठन भएका छन् ।
देउवाले केन्द्रीय सदस्यहरु एनपी साउदलाई शुभेच्छुक संस्था समन्वय विभाग, अम्बिका बस्नेतलाई वन, वातावरण तथा विपद् व्यवस्थापन विभाग र ईश्वरी न्यौपानेलाई महिला विभाग संयोजकको जिम्मेवारी दिएका छन्। त्यस्तै, केशवकुमार बुढाथोकीलाई राज्य प्रशासन विभाग, मोहनबहादुर बस्नेतलाई खेलकुद विभाग, वीरबहादुर बलायरलाई निर्माण व्यवसायी समन्वय विभाग र हरिप्रसाद नेपाललाई शिक्षा विभागको जिम्मेवारी दिनुभएको छ ।
