अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०० | Colorodo: 07:15

सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने चलखेल सुरुः उपप्रधानमन्त्री पोखरेल

बिआरटीनेपाल २०७६ फागुन १८ गते ७:०३ मा प्रकाशित

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने चलखेल सुरु भएको दाबी गर्नुभएको छ । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सजाल इन्जाले आज काठमाण्डौंमा गरेको कार्यक्रममा उनले सरकार गठन भएको दुई वर्ष पुगे लगत्तै अविश्वासको प्रस्ताव ल्याउने खेल सुरु भएको जिकिर गर्नुभयो ।

उपप्रधानमन्त्री पोखरेलले नेपाली राजनीतिज्ञहरु मनोरोगले ग्रसित हुँदै गइरहेको भन्दै नेपाल कम्युनिष्ट पार्टीभित्र पनि त्यस्ता मनोरोगीहरु रहेको टिप्पणी गर्नुभएको छ ।सत्ता र कुर्सी नै सर्वोपरी ठान्नेले मुलुकको विकास र समृद्धिमा सहयोग गर्छन् भन्ने विश्वास गर्न नसकिने उहाको ठहर थियो । ।

उपप्रधानमन्त्री पोखरेलले सरकार सञ्चालनको भर्खर २ वर्ष पुगेको उल्लेख गर्दै यो अवधिमा धेरै नीतिगत सुधार भएको र तीन बर्षभित्र सरकारको परिणाममुखी काम देखिने ठोकुवा गर्नुभयो । कार्यक्रममा सञ्चारकर्मीहरुले सञ्चार जगतसँग सम्बन्धित कानुनको निर्माण गर्दा आफुहरुसँग कुनै परामर्श नगरेको गुनासो गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय