अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:११ | Colorodo: 02:26

एमसीसी चीनलाई सिध्याउने अमेरिकी रणनीति भएको गृहमन्त्री थापाको भनाइ

बिआरटीनेपाल २०७६ फागुन १८ गते ६:५७ मा प्रकाशित

गृहमन्त्री रामवहादुर थापाले एमसीसी परियोजना चीनलाई सिध्याउने रणनिती भएको बताउनुभएको छ । आज जिल्ला प्रशासन कार्यलय पर्वतको भवन उद्घाटन गर्न आउने क्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा पर्वतको कार्यलयमा आयोजना गरिएको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै थापाले यस्तो बताउनुभएको हो ।

अमेरिकाले सहयोगको नाममा नेपालमा ५० करोड अमिरिकी डलर अनुदान दिएर नेपाललाई चीन सिध्याउने रणभूमी बनाउन खोजिएको भन्दै संसोधनबिना कुनै पनि हालतमा पास नहुने जिकीर गर्नुभयो । मन्त्री थापाले इन्डोप्यासेफिक चीनलाई घेरावन्दी गर्ने र विश्व जगतमा चीनलाई १ नम्वर शक्तिशाली मुलुक हुन नदिने नीति भएको टिप्पणी गर्नुभयो ।

एमसीसी इन्डो प्यासेफिककै मातहत भएको पनि उहाँको भनाइ छ । अमेरीकाले नेपालमा विकास गरिदिन अनुदान सहयोग नगरेको भन्दै आफ्नो वर्चश्व जमाउन र साम्राज्यवाद विस्तार गर्नकै लागि एमसिसी परियोजना अगाडि बढाएको पनि उहाँले बताउनुभयो ।

नेकपाका नेता वामदेव गौतमको विषयमा वोल्दै एक जना व्यक्तिको स्वार्थको लागि संविधान संसोधन गर्न नहुने र संविधान विपरीत हुने भन्दै छुट्टै कार्यदल गठन गरेर समाधान गर्न खोज्दा कार्यदल नै भङ्ग भएपछी सचिवालयले राष्ट्रिय सभामा पठाउने निर्णय गरेको वताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय