अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२९
| Colorodo: 08:44
अब कामदार भिसामा पनि अमेरिका जान सकिने भएको छ । कामदार भिसा मार्फत अमेरिका जानका लागि ‘एचवान बी’ले मार्च १ अर्थात आइतबारबाट आवेदन खुलाउँदैछ ।
युएससीआईएसको सुचना अनुसार मार्च १ तारिख दिउँसो १२ बजेदेखि मार्च २० तारिखका दिन दिउँसो १२ आवेदन दिन सकिनेछ । युएससीआईएसकाले यो आवेदन आर्थिक बर्ष २०२१ का लागि खुलाएको हो । यसका लागि आवेदन निर्धारित समयसम्ममा विश्वको जुनसुकै स्थानबाट भर्न सकिनेछ ।
जसका लागि अनलाईन दर्ता गर्न १० डलर शुल्क लाग्नेछ । फारम भरेपछि आवेदकलाई युएससीआईएसले कन्फर्मेशन कोड पठाउनेछ । आाफु छनौंट भएको वा नभएको भनि नतिजा मार्च ३१ मै हेर्न सकिने छ ।