अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३७ | Colorodo: 10:52

नेकपाको झमेला मिलाउन संविधान दुरुपयोग गर्ने प्रयास भयो – कांग्रेस नेता सिटौला

बिआरटीनेपाल २०७६ फागुन १७ गते ६:०७ मा प्रकाशित

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले नेकपा नेतृत्वको सरकारले पार्टीभित्रकोे ‘झमेला’ मिलाउन संविधान दुरुपयोग गर्न लागेको आरोप लगाउनुभएको छ । शनिबार झापाको विर्तामोडमा पार्टीको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै सिटौलाले सरकारले पार्टीका नेताहरुको चित्त बुझाउन संविधान संशोधन गर्ने प्रयास गरिरहेको बताउनुभयो ।

पराजित व्यक्तिलाई संविधानको भावना र व्यवस्था विपरीत राष्ट्रिय सभामा ल्याउन खोज्नु नै संविधानको दुरुपयोग भएको उहाँको भनाइ छ । दुईतिहाई बहुमतको दम्भमा अदालतलाई कम्युनिस्ट अदालतको रुपमा विकास गर्न खोजिरहेको सिटौलाको आरोप छ । संवैधानिक निकायहरु, लोकसेवा आयोग, निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आफ्नो रबर स्टाम्प बनाउन खोजेको सिटौलाले बताउनुभयो ।

कांग्रेस पूर्वमहामन्त्री सिटौलाले विगतको सरकारको नाम जोडेर नेपाल ट्रष्टको जमिन सरकारले राष्ट्रहित विपरीत एउटा व्यापारीक घरानालाई दिनु दुखद भएको उल्लेख गर्दै सरकारले कानुन फेरेर नेपाल ट्रष्टको सम्पत्ति पाटी, व्यक्ति र व्यापारी घरानाका लागि प्रयोग गरिरहेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय