अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५२ | Colorodo: 16:07

मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद सजाय

बिआरटीनेपाल २०७६ फागुन १७ गते ६:०१ मा प्रकाशित

मोडल खुस्बु ओलीलाई जिल्ला अदालत २ वर्ष कैदको फैसला सुनाएको छ । जग्गा किन्ने भनेर ल्याएको सापटी रकम नतिरेपछि उनलाई अदालतले दुई वर्ष कैद फैसला सुनाएको हो ।

२ वर्षअघि सप्तरीको राजविराज–८ मा बस्ने गोपाल कटुवालसंग जग्गा किन्ने लागेको भन्दै व्याज सहित फिर्ता गर्ने सर्तमा ३६ लाख रुपैयाँ सापटी लिएकी ओलीले कटुवाललाई समयमा पैसा फिर्ता गर्न नगरेपछि

कटुवालले अदालतमा खुस्बुविरुद्ध ठगी मुद्दा दायर गरेका थिए । दिएको चेक पनि बाउन्स भएको र पटक पटक खुश्बुलाई भेटन प्रयास गरे पनि खुस्बु सम्पर्क विहिन भएको कटुवालको भनाइ छ ।

उक्त मुद्धामा फैसला गर्दै जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले खुस्बुलाई दुई वर्ष कैदको फैसला सुनाएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू