अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४५ | Colorodo: 11:00

‘अमेरिकाले परिमार्जन नगरे एमसीसी पारित हुँदैन’– नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७६ फागुन १७ गते ५:५३ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका केही बुँदाहरु परिमार्जनका लागि अमेरिकी सरकारसँग आग्रह गर्ने बताउनुभएको छ ।

शनिबार सिन्धुपाल्चोकको सुनकोशीस्थित सुकुटेमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले परिमार्जन नभए एमसीसी पारित नहुने बताउनुभएको हो । उहाँले अमेरिकालाई एमसीसी परिमार्जन गर्न आग्रह गर्ने नमाने राष्ट्रहित विपरीत सम्झौता नगर्ने बताउनुभयो ।

नेकपाले बनाएको कार्यदलले दिएको सुझावअनुसार परिमार्जन भए मात्रै एमसीसी पारित हुने नत्र ५५ अर्बका लागि राष्ट्रहितविपरीत सम्झौता नगर्ने अध्यक्ष प्रचण्डको तर्क थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय