अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४३ | Colorodo: 11:58

पार्टी फुटको हल्ला निराधार – भीम रावल

बिआरटीनेपाल २०७६ फागुन १७ गते ५:५० मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले पार्टी फुटको हल्ला निराधार रहेको बताउनुभएको छ । शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सचिवालय बैठकको निर्णय सवैले मान्नुपर्ने र यसअधिको निर्णयानुसार नै वामदेव गौतमलाई राष्ट्रिससभामा लैजानुपर्ने बताउनुभयो ।

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मा सबैको चासो बढेकोमा रावलले खुसी समेत ब्यक्त गर्नुभएको छ । एमसीसीबारे पार्टीको आधिकारिक धारणा नआएकाले यस विषयमा आफू धेरै नबोल्ने रावलको भनाई थियो ।

अर्को प्रसंगमा नेता रावलले धनगढी विमानस्थलको ‘भीआइपी’कक्ष प्रवेशमा आफूलाई रोक लगाएर अपमान गरिएको गुनासो गर्नुभयो ।

Rawal Speaks to Media

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय