अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५३ | Colorodo: 07:08

साझा पार्टीको महाधिवेशन ०७८ जेठमा, धर्मनिरपेक्षता र संघीयताका विषयमा जनमत संग्रह गर्न माग

बिआरटीनेपाल २०७६ फागुन १७ गते ५:४८ मा प्रकाशित

साझा पार्टीको महाधिवेशन २०७८ जेठमा हुने भएको छ । लुम्बिनीमा तीन दिनसम्म चलेको पार्टीको राष्ट्रिय भेलाले २०७८ साल जेठ १५ देखि १७ गतेसम्म पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो । शनिबार सम्पन्न भेलाले १४ बुँदे लुम्बिनी घोषणापत्र जारी गरेको छ । भेलाले पार्टीको एक वर्षको रणनीति र कार्यनीति पारित गरेको छ । त्यस्तै विवादित हुँदै गएको धर्म निरपेक्षता र संघियताका बारेमा जनमत संग्रहको पक्षमा उभिने निर्णयसमेत भेलाले गरेको छ।

घोषणापत्रमा आगामी वर्ष संगठन विस्तार तथा सुदृढीकरण, वैचारिक तथा राजनीतिक दिशानिर्देश र प्रशिक्षणका लागि नीति तथा स्कुलिङ, भ्रष्टाचार विरोधी अभियान, समान विचार राख्ने व्यक्ति, समूह र राजनीतिक शक्तिहरुसँग सहकार्य, एकता र ध्रुविकरण तथा पार्टीलाई दरिलो बनाउन स्रोत व्यवस्थापनमा केन्द्रीत गर्ने उद्देश्य राखिएको उल्लेख छ। भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न २०४६ सालदेखि राजनीतिक र प्रशासनिक पदमा रहेका सबैको सम्पत्ति जाँचबुझ गरी अवैध सम्पत्ति सरकारीकरण गर्ने माग समेत पार्टीले गरेको छ ।

भेलाले सरकारी कर्मचारीहरुलाई पार्टीको सुभेच्छुक संगठनको रुपमा बनेका युनियन खारेज गर्न माग गर्ने निर्णय गरेको छ।संघ र प्रदेश तहमा सांसदका नाममा छुट्ट्याइदै आएको बजेट खारेज गर्न र त्यसबाट बचेको अर्बौँ रकम गुणस्तरीय सार्वजनिक शिक्षाका लागि उपयोग गर्न दबाब दिर्ने निर्णय साझा पार्टीले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय