अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२५
| Colorodo: 17:40
एसीसी इस्टर्न रिजन पुरुष ट्वेन्टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पहिलो खेलमै पराजित भएको छ । थाइल्यान्डको बैंककमा शनिबार भएको खेलमा नेपाल मलेसियासँग २२ रनले पराजित भएको हो । मलेसियाले दिएको १५५ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर ४ बलमा ‘अलआउट’ हुँदै १३२ रनमा समेटियो ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो । अब नेपालले भोलि हङकङसँग खेल्नेछ ।
प्रतियोगिता अन्तर्गत् शनिबारै भएको अर्को खेलमा सिंगापुरले थाइल्यान्डलाई हराएर विजयी सुरुआत गरेको छ । प्रतियोगितामा नेपाल र मलेसियासहित थाइल्यान्ड, सिंगापुर र हङकङ रहेका छन् । ‘राउन्ड रोबिन’ आधारमा चल्ने प्रतियोगिताको शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् ।