अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४९ | Colorodo: 12:04

चीनबाट फर्किएका मंगोलियाका राष्ट्रपति क्वारेन्टाइनमा

बिआरटीनेपाल २०७६ फागुन १६ गते ७:२२ मा प्रकाशित

चीन भ्रमणबाट स्वदेश फर्केका मंगोलियाका राष्ट्रपति बत्तुल्गा खालत्मालाई क्वारेन्टाइनमा राखिएको छ। सरकारी समाचार संस्था मोन्टसेमले शुक्रबार दिएको जानकारीअनुसार राष्ट्रपति बत्तुल्गासहित चीन जाने सरकारी अधिकारीलाई १४ दिन क्वारेन्टाइनमा राखिएको हो।

जनवरीमा चीनले कोभिड–१९ को प्रकोप रोक्न विशेष उपाय कार्यान्वयन गर्न सुरू गरेपछि बत्तुल्गा चीन भ्रमण गर्ने पहिलो राष्ट्र प्रमुख हुनुहुन्छ । उहाँ विदेश मन्त्री सोग्त्बातर दमडिन र अन्य सरकारी अधिकारीसहित बिहीबार बिहान बेइजिङ जानुभएको थियो । त्यहाँ उहाँले चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री लि केकियाङसँग भेट गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू