अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२५ | Colorodo: 18:40

प्रधानमन्त्री ओली पूर्वमन्त्री बाँस्कोटाको प्रवक्ता – कांग्रेस

बिआरटीनेपाल २०७६ फागुन १६ गते ७:०८ मा प्रकाशित

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओली पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको प्रवक्ता बनेको आरोप लगाउनुभएको छ । प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीलाई सरकारका पूर्वप्रवक्ता बाँस्कोटाकै प्रवक्ता नबन्न सुझाव पनि दिनुभएको छ । बाँस्कोटाको ‘७० करोड कमिशन’ काण्डको बचाउ गरेर प्रधानमन्त्री ओलीले आफ्नो हैसियत बिर्सिएको उहाको आरोप छ ।

प्रधानमन्त्री ओलीलाई सुझाव भन्दै शर्माले ट्वीटरमार्फत् भन्नुभएको छ । ‘सम्माननीय प्रधानमन्त्रीलाई ‘सुझाव पत्र’ ! पूर्वप्रवक्ताको वर्तमान प्रवक्ता नबनिदिनोस् कृपया !’

कुनै पनि घटनाको प्रहरीले अनुसन्धान गर्ने, वकीलले बहस गर्ने र न्यायाधीशले फैसला गर्ने स्मरण प्रधानमन्त्री ओलीलाई गराउँदै शर्माले तीन वटै निकायले गर्ने कामको भारी बोक्दा प्रधानमन्त्रीको भारी बोक्न झन् गाह्रो हुने बताउनुभयो । ‘अनुसन्धान प्रहरीले, बहस वकीलले र फैसला न्यायाधीशले गर्ने हो । अरुको कर्म पनि यहाँले नै गरे प्रधानमन्त्रीको भारी बोक्न झनै गाह्रो पर्नेछ । अझ ‘अडियो’ को प्राविधिक परीक्षणसम्म यहाँले नै ?, भन्दै कांग्रेस प्रवक्ता शर्माले व्यंग्य गर्नुभएको छ ।

बिहीबार काठमाडौैंमा गरिएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले बाँस्कोटा प्रकरणको प्रष्टीकरण दिनेक्रममा ‘अनाडी’ मान्छेले अनधिकृत तरिकाले टेप गरेर सुनियोजित रूपमा सरकारविरुद्ध षड्यन्त्र गरेको आरोप लगाउनुभएको थियो । प्रधानमन्त्री ओलीले ‘भ्रष्टाचार भएझैं गरेर प्रचार गरिएको छ । दोषी प्रमाणित भएको छैन । मुद्दा चलेको छैन,’ भन्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय