अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३८
| Colorodo: 04:53
युएफा च्याम्पियन्स लिग फुटबलमा म्यान्चेस्टर सिटीले रियाल मड्रिडलाई हराएको छ ।राउण्ड अफ सिक्सटिनअन्तर्गत पहिलो लेगको खेलमा म्यान सिटी २–१ ले विजयी भयो । गएराति स्पेनको मड्रिडमा भएको खेलमा सिटीलाई विजयी गराउन ग्याब्रिएल जिसस र केभिन डे ब्रायनले एक एक गोल गरे ।
रियाल मड्रिडका इस्कोले सुरुवाती गोल गरेको खेलमा सर्जियो रामोसले रातो कार्ड खाएपछि मड्रिड १० जनामा समेटिएको थियो । गएराति भएको अर्को खेलमा फ्रान्सको लियोंले इटालीको युभेन्टसलाई १–० ले हरायो ।
फ्रान्समा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन लुकास टुजार्टले ३१ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।