अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४९ | Colorodo: 15:04

७० करोड कमिसन प्रकरण– “अडियो बाँस्कोटाकै हो भन्ने प्रमाण छैन ”–प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७६ फागुन १५ गते ७:०६ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वतमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको बचाउ गर्नुभएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनका लागि बाँस्कोटाले बार्गेनिङ गरेको अडियो सार्वजनिक भएकोमा उक्त ’अडियोमा बाँस्कोटाकै आवाज हो भन्ने प्रमाणित नभएको’ ओलीले दावी गर्नुभएको हो ।

बिहीबार नेकपाले काठमाडौंमा आयोजना गरेको वाग्मती प्रदेश कमिटीको राजनीतिक प्रशिक्षण तथा भेला कार्यक्रममा बोल्दै प्रधामन्त्री ओलीले अनधिकृत मान्छेले ल्याएको टेप उचालिएको उल्लेख गर्दै त्यसमा कुनै प्रमाण नरहेको दावी गर्नुभयो । स्वीस कम्पनीका एजेन्ट भनिएका ती व्यक्तिलाई स्वीस दूतावासले एजेन्ट होइन भनेर विज्ञप्तिसमेत निकालेको ओलीले उल्लेख गर्नुभयो । नेकपाका अध्यक्षसमेत रहेका ओलीले बास्कोटाले नैतिकताको आधारमा राजीनामा दिएकोले भ्रष्टाचार गरेको प्रमाणित भएको जस्तो गरी प्रचार गरिएको टिप्पणी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले अडियो प्रकरणमा बाँस्कोटाको दोष देखिए कारबाही पनि हुने र सजाय पनि भोग्नुपर्ने भने बताउनुभयो । भ्रष्टाचारका कुनै पनि मुद्दामा आफ्नो विरुद्ध आरोप र मुद्दा नभएको तर पत्रिकाले अनावश्यक रूपमा छापेको ओलीको भनाइ थियो। प्रधानमन्त्री ओलीले नेपालका कम्युनिस्ट पार्टी २०५४ मा विभाजन नभएको भए त्यति नै बेला दुईतिहाइ बहुमत आउने भन्दै कम्युनिस्ट पार्टी बलियो भएकाले माघ १९ को ’शाही कू’ विरुद्धको आन्दोलन सफल भएको दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय