अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३४ | Colorodo: 02:49

पोखराको फेवातालमा बेपत्ता भएका लुइँटेलको शव फेला

बिआरटीनेपाल २०७६ फागुन १३ गते ६:४६ मा प्रकाशित

पोखराको फेवातालमा हिजो (सोमबार) बेपत्ता भएका रामशरण लुइँटेलको शव फेला परेको छ। डुंगा सवारका क्रममा बेपत्ता भएका काठमाडौं १० कपनका सुमित भन्ने रामशरण लुइँटेलको शव मंगलबार फेला परेको हो ।

सोमबार लुइँटेलसंगै काठमाडौं १० कपनकै २७ वर्षीय सुविन चालिसे र २८ वर्षीय रुपेश अधिकारी गरी तीन जना सवार डुंगा पल्टिएको थियो । उक्त पल्टिएको डुंगाबाट चालिसे र अधिकारीलाई भने प्रहरीले सकुशल उद्दार गरिएको थियो । उनीहरु तीनै जना पोखरा घुम्न आएका थिए ।

लुइँटेलको शव गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराबाट खटिएका उद्धार टोलीले फेला पारेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय