अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०८ | Colorodo: 09:23

भारत र अमेरिकाबीच २१ हजार करोड भारुको रक्षा सम्झौता

बिआरटीनेपाल २०७६ फागुन १३ गते ६:३७ मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आज हैदराबाद हाउसमा भेटवार्ता भएको छ । भेटवार्तापछि दुई नेताले संयुक्त वक्तव्य जारी गरेका छन् । मोदीले भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा दुई देशबीच तीन वर्षमा व्यापार दोहोरो अङ्कमा वृद्धि भएको जिकिर गर्नुभयो ।

ट्रम्पले मोदीसँगको वार्तामा २१ दशमलव पाँच करोड भारु बराबरको रक्षा सम्झौतालाई मन्जुरी दिइएको जानकारी दिनुभयो । दुवै देशले आतंकवादलाई समाप्त गर्न साझेदारी गर्ने र पाकिस्तानमाथि थप दबाब बनाउने सहमति भएको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मोदी र ट्रम्पबीच प्रतिनिधिमण्डल स्तरमा भएको छलफलमा भारत–अमेरिकाबीच भएका ६ सम्झौतामध्ये रक्षा सम्झौता सबैभन्दा महत्वपूर्ण रहेको छ । अहमदाबादमा आयोजित ‘नमस्ते ट्रम्प’ कार्यक्रममा राष्ट्रपति ट्रम्पले यसको घोषणा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू