अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५५
| Colorodo: 05:10
अमेजनका अध्यक्ष जेफ बेजोसले जलवायू परिवर्तनबाट देखिएको असर न्यूनिकरणका लागि दश अर्ब डलर प्रदान गर्ने घोषणा गर्नुभएको छ । विश्वका सबैभन्दा धनी व्यक्तिको रुपमा रहनुभएका बेजोसले वैज्ञानिकहरुको अनुसन्धानमा खर्च गर्नका लागि उक्त रकम सहयोग गर्न चाहेको बताउनुभयो ।
आफूले जलवायू परिवर्तनका असर न्यूनिकरण गर्ने उपायको खोजी र विनासका विरुद्ध लड्न चाहेको बेजोसले बताएको बीबीसीले जनाएको छ । बेजोसले आफ्नो सम्पतिको ८ प्रतिशत रकम जलयावू परिवर्तनको असर न्यूनिकरणमा खर्च गर्न चाहेको बताउनुभयो । उहाँले अमेजनका कर्मचारीलाई पनि जलवायू परिवर्तनविरुद्ध लड्न आग्रह गर्नुभएको छ ।