अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०४
| Colorodo: 23:19
काठमाडौँ जिल्ला अदालतले प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराले जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ पाएको जानकारी संसद् सचिवालयमा पठाएको छ । पत्रको जानकारीसँगै महराले अब प्रतिनिधिसभा बैठकमा सहभागी हुन पाउनुहुने भएको छ ।
काठमाडौं जिल्ला अदालतले हिजो मुद्दामा महरा निर्दोष रहेको ठहरसहित सफाइ दिएको थियो । त्यसलगत्तै महरा डिल्लीबजार कारागारबाट छुट्नुभएको थियो । करिब साढे चार महिनाअघि महरा बिरुद्ध करणी प्रयास गरेको मुद्दा दायर भएपछि उहाँले सभामुखबाट राजिनामा दिनुभएको थियो ।
